मोलुङको कुन्तादेवीमा आगलागी हुँदा झन्डै चारलाख क्षति
ओखलढुङ्गान्युज, मंशिर १६ । शनिवार विहान मोलुङ गाउँपालिकाको कुन्तादेवीमा एक घरमा आगलागी भएको छ । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीको झगरपुर बस्ने भोलाकाजी राईको घर आगलागी हुँदा ३ लाख ५० भन्दा बढिको क्षति भएकाे छ ।
शनिवार बिहान राईको घरमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। आगलागीमा परी ढुङ्गामाटोले बनेको जस्ताको छाना भएको एकतले घरमपूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
आगलागीमा परी घरसँगै घर भित्ररहेका काठपात, अन्नपात, लत्तनकपडा, नगद रु. १० हजार सहित ३ लाख ५० हजार भन्दा बढीको क्षती भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । शनिवार विहान ४ बजेदेखी सुरु भएको आगो स्थानीयले विहान करीब डेढघण्टा पछि पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
शनिबार मध्यराति देखी कुन्तादेवीमा प्रसारण हुदै आएको मोलुङखोला चौंथो लघुजलविद्युत आयोजनाको विद्युत लाइनमा हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा कुन्तादेवीका एकदर्जन बढीको घरमा लाखौंको क्षति भएकाे छ । हाइ भोल्टेज करेन्ट प्रवाहका कारण वल्ब, टुयुवलाइट, मोबाइलको चार्जर, मिटर बक्सहरु जलेर नष्ट भएको स्थानीयले बताएका छन् । बेलाबेलामा यस्ता घटना भैरहदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।