ओखलढुङ्गामा मोटरसाईकले ठक्कर दिदा एक गम्भिर घाईते
ओखलढुङ्गान्युज, असोज २ । शोमबार साँझ ओखलढुङ्गामा मोटरसाईकलले ठक्कर दिदा एकजना पैदल यात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा जिल्लाको मानेभञ्ज्याङ्ग गाँउपालिका वडा नं. ४ की ४७ बर्षिया मेनुका गुरुङ रहेकी छन् ।
शोमबार साँझ सिद्धिचरण लोकमार्ग अन्तर्गत मिलनचोकबाट रमाईलो डाँडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२–०३२ प ९५५१ नम्बरको मोटरसाईकलले सिद्धिचरण नगरपालिका वडा नं. ११ जाल्पामा गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । मोटरसाईकलले ठक्कर दिएर घाईते भएकी गुरुङलाई तत्काल उद्धार गरेर उपचारका लागि जिल्लाको सामुदायीक अस्पताल सोब्रुमा पठाईएको थियो ।
घाईते गुरुङको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ । घाईते गुरुङको अहिले सामुदायीक अस्पताल सोब्रुमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ । गुरुङलाई ठक्कर दिने मोटरसाईकल चालक सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ५ जुबुका ३४ बर्षिय मोहन कुमार बनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।