जबरजस्ती करणी गरेको आरोपमा च्यानमका वि.क. पक्राउ
ओखलढुङ्गान्युज, भदौ २८ । मानसिक रुपमा अस्वस्थ रहेकी एक नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानमका ३० बर्षिय चन्द्र बहादुर वि.क. रहेका छन् ।
वि.क. जिल्ला सदरमुकाम स्थित सिद्धिचरण नगरपालिका वडा नं. ११ मा सुनचाँदी तथा भाडा पसल संचालन गर्दै बसेका छन् । पसल सञ्चालन गरेर बसेका वि.क.ले मानसिक स्वास्थ्य कमजोर रहेकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिस्टार सिंहले जानकारी दिए । उजुरी दर्ता भएपछि बि.क. लाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।
वि.क. लाई पक्राउ गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ गरि अदालतबाट म्याद थप गरि कानून अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।