नेपाली समय Loading...२०८० आश्विन ७ आईतवार

सुनकोशीका शिक्षा शाखा प्रमुखले दिए कालिका आविका विद्यार्थीलाई ट्रयाकसुट

ओखलढुङ्गान्युज, भदौ २७ । जिल्लाको सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले एक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट उपलब्ध गराएका छन् । सुनकोशी गाउँपालिका वडा नं. ५ को कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शिक्षा शाखा प्रमुख तामाङले ट्रयाकसुट उपलब्ध गराएका हुन् ।

आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच शिक्षा शाखा प्रमुख तामाङले ट्रयाकसुट उपलब्ध गराएका हुन् । वि.सं. २०२२ सालमा स्थापना भएको बिद्यालयका विद्यार्थीलाई पढाईमा थप हौसला बढाउदै विद्यालयको शैक्षिक सुधारको निम्ति ट्रयाकसुट सहयोग गरेको शिक्षा शाखा प्रमुख तामाङले बताए । 

ट्रयाकसुट हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गोविन्दराम तामाङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनिस तामाङ, समाजसेबि सुवास तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष मुन्ना तामाङका साथै अविभावकहरुको समेत उपस्थिती रहेको थियो ।