मोलुङमा सूर्यज्योती लाईफ ईन्स्योरेन्सको घरदैलो अभियान
ओखलढुङ्गान्युज, भदौ २५ । जिल्लाको मोलुङ गाउँपालिकामा सूर्यज्योती लाईफ ईन्स्योरेन्सले घरदैलो अभियान कार्यक्रम सञ्चान गरेको छ । अभियान अन्तर्गत आईतबार मोलुङ गाउँपालिकाको वडा नं. ४ हर्कपुरमा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो ।
जनचेतना मूलक घरदैलो कार्यक्रम अन्तर्गत आईतवारको कार्यक्रममा हर्कपुरका सय भन्दा बढी नागरिकहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा जिवन विमा किन, कसरी र के का लागि ? भन्ने लगायतका विषयमा अभिमुखीकरण गराईएको मोलुङबाट मनोज खतिवडाले जानकारी दिए ।
कार्यक्रममा सूर्यज्योती लाईफ ईन्स्योरेन्सका क्षत्रिय प्रबन्धक सन्तोष कुमार तिवारी तथा ओखलढुङ्गा शाखा प्रमुख राजन पोख्रेलले सहजीकरण गर्दै सूर्यज्योती लाईफको बारेमा बुझाएका थिए । त्यस्तै जिवन विमा किन गर्ने भन्ने विषयमा पनि छलफल भएकोले विमाको बारेमा बुझेपछि नागरिकहरु जिवन विमा गर्न उत्सुक भएको पाईएको खतिवडाले जानकारी दिए