नेपाली समय Loading...२०८० आश्विन ७ आईतवार

च्यानममा छिमेकीको कुटाईबाट एक बृद्ध पुरुषको मृत्यु

ओखलढुङ्गान्युज, भदौ २० । ओखलढुङ्गामा छिमेकीको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम माझगाँउ बस्ने बर्ष ८३ का शोम बहादुर अधिकारी रहेका छन् ।

आज (बुधबार) विहान ८ बजेतिर छोराको घरबाट दुध लिएर आफ्नो घरतर्फ फर्कने क्रममा मृतक अधिकारीलाई सोहि स्थानका ८३ बर्षका तिलक बहादुर कटवालले कुटपिट गरेर कान्लामुनी धकेलीदिएका थिए । लडेका अधिकारीलाई तत्काल स्थानीयहरुले उद्दार गरि उपचारका लागि जिल्ला सदरमुकाम पठाएका थिए । जिल्ला अस्पताल रुम्जाटारमा उपचारका क्रममा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

मृतक अधिकारीको शवलाई जिल्ला अस्पताल रुम्जाटारमा पोष्ट मार्टम गरि परिवारको जिम्मा लगाउने क्रममा रहेको प्रहरी निरीक्षक राईले जानकारी दिए । कुटपिट गर्ने बृद्ध कटवाललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।