नेपाली समय Loading...२०८० आश्विन ७ आईतवार

कक्षा १२ को नतिजा साउन अन्तिममा गर्ने तयारी

ओखलढुङ्गान्युज, साउन ४ । गत बैशाख जेठ महिनामा सञ्चालन भएको कक्षा १२ को नतिजा साउन अन्तिममा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । कुनै प्राबिधिक समस्या नआए साउन अन्तिम सम्म नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको हो ।

कक्षा १२ को परीक्षा गत बैशाख २६ देखि जेठ ५ गते सम्म सञ्चालन भएको थियो । जहिले पनि परीक्षा दिएका लामो समयसम्म पनि नतिजा प्रकाशन गर्न ढिलाइ गर्ने गरेको आरोप लाग्ने परीक्षा बोर्डले यसपटक पनि परीक्षा लिएको तीन महिना भित्र नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।