लिखुका न्यायीक समितिका सदस्यहरुलाई अभिमुखीकरण
ओखलढुङ्गान्युज, जेठ २३ । जिल्लाको लिखु गाउँपालिकाका न्यायीक समितिका सदस्यहरुलाई सोमबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार गाउँपालिकाको सभाहल यसममा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको लिखु गाउँपालिकाको न्यायीक समितिले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रम पश्चात कार्यक्रममा सहभागी सदस्यहरुले आगामी दिनमा गाउँमा आउने सानातिना मुद्धाहरुलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा आफुहरुलाई बुझ्न सहज भएको बताएका छन् । कार्यक्रममा सहभागी भएपश्चात सहभागीहरुले आगामी दिनमा सामान्य मुद्धाहरुलाई गाउँमा नै राखेर मेलमिलाप मार्फत नै मुद्धालाई टुङ्गोमा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाको न्यायीक समितिको आयोजनामा भएको कार्यक्रममा न्यायीक समितिका सदस्यहरुलाई ओखलढुङ्गा जिल्ला अदालतका माननिय न्यायधिस टीकाराम आचार्यले सहजीकरण गर्नुभएको थियो । सहजीकरण गर्दै माननिय न्यायधिस कार्कीले नेपाल सरकारले स्थानीय सरकारको न्यायीक क्षेत्रलाई दिएको अधिकार क्षेत्रभित्र रहेर मात्र गाउँपालिकामा आउने विवादका विषयमा छलफल गर्न आग्रह गर्नुभएको थियो । मुद्धा दर्ता र त्यसको छलफलको प्रक्रियामा अन्य स्थानीय सरकारको तुलनामा लिखु गाउँपालिका अगाडी देखिएको भन्दै यहाँ पनि केहि प्राबिधिक त्रुटीहरु देखिएकोले त्यसको समाधानका गर्न लागि परे न्यायीक प्रक्रियामा गाउँपालिका कहिल्यै पछाडी नपर्ने बताउनुभयो ।
मा. न्यायधिस कार्कीले सहभागीहरुलाई न्याय दिने प्रक्रियाको बारेमा समेत सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो । यौन दुव्र्यबहार, बलात्कार, भ्रष्टाचार जस्ता कतिपय फौजदारी र देवानी प्रकृतिका मुद्धाहरु पनि पालिकाको न्यायीक समितिमा आउने भएकोले त्यस्ता विषयमा भने गाउँपालिकाको न्यायीक समिति मुछिन नहुने बारेमा पनि मा. न्यायधिस कार्कीले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाको मुद्धाको अबस्था लगायतको विषयमा गाउँपालिकाका न्यायीक समितिका सल्लाहकार वकिल गुरु बस्नेतले समेत प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, न्यायीक समितिका सदस्यहरु तथा वडाका मेलमिलाप कर्ताहरु लगायतको उपस्थिती रहेको लिखु गाउँपालिकाको न्यायीक समितिका उजुरी प्रशासक विष्णु रिजालले जानकारी दिए ।