नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रुसका रेडियो स्टेशनहरूमा ‘ह्याक’

ओखलढुङ्गान्युज, जेठ २३ । रुस र युक्रेनका बिच युद्ध चलिरहँदा रुसका थुप्रै रेडियो स्टेशनहरूलाई ह्याकरहरुले ह्याक गरिदिएका छन् । रेडियो स्टेशनरुलाई ह्याक गरेसँगै ह्याकरहरुले युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइदिएका छन् ।

रेडियो ह्याकिङ दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेडियोमा भएको यो ह्याक र रेडियोमा रुसी राष्ट्रपति पुटिनको नक्कली आवाजको सन्देश छर्दै किभले लामो अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको रुसले जनाएको छ । 

रुसका राष्ट्रपतिको नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ । रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो त्यो आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकलाई खाली गर्ने घोषणा गरेको जनाइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले यो वास्तवमै ह्याक रहेको बताएका छन् । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ । एमआरआई रेडियो स्टेशनले ह्याकिङलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन झन्डै ४० मिनेटसम्म प्रसारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्इमहरुले जनाएको छ ।