नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखुको न्यायीक समितिमा चालु आ.ब.मा १३ मुद्धा दर्ता, ८ को फच्र्छौट

विद्यालयको भ्रष्टाचारको मुद्दा पनि न्यायीक समितिमा

ओखलढुङ्गान्युज, जेठ १६ लिखु गाउँपालिकाको न्यायीक समितिमा चालु आर्थिक वर्षमा १४ मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिना अर्थात जेठ १० सम्म मात्रै लिखुमा १४ मुद्धा दर्ता भएका हुन् ।

गाउँपालिकाको न्यायीक समितिमा गत अघिल्लो आर्थिक वर्षवाट सरी आएका ९ थान र चालु आर्थिक वर्षमा नयाँ थपिएका २३ वटा मुद्धा मध्ये १८ थान मुद्धाको फैसला गरिएको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले जानकारी दिईन् । गाउँपालिकाको न्यायीक समितिमा दर्ता हुन आएका मुद्धाहरुलाई प्रायगरि वडामा रहेका मेलमिलाप कर्ताहरु मार्फत नै मुद्धा मेलमिलाप हुने र वडामा मेलमिलाप हुन नसकेका विषयलाई मात्र पालिकामा बोलाएर हालसम्म मेलमिलाप मार्फत नै मुद्धाको टुङ्गो लगाईएको उपाध्यक्ष थापाले बताईन् ।

गाउँपालिकाको न्यायीक समितिमा प्रायः लुटपिट, कुटपिट, जग्गा किचलो, गाली बेईज्जती, काम लगाएर पारिश्रमिक नदिएको भन्ने जस्ता मुद्धाहरु मात्र आउने गरेको गाउँपालिकाको न्यायीक समितिका उजुरी प्रशासक विष्णु रिजालले जानकारी दिए । उजुरी प्रशासक रिजालका अनुसार गाउँपालिकाको ९ वटा वडाहरुमा जम्मा २६ जना मेलमिलाप कर्ताहरुलाई सूचिकृत गरिएको छ । कतिपय मुद्धाहरु तिनै मेलमिलाप कर्ताहरुले वडामा नै मिलाउने गर्दछन् ।

न्यायीक समिति कार्यबिधी ऐन २०७५ को अधिनमा रहेर गाउँपालिका क्षेत्रभित्र रहेका र अन्यायमा परेका नागरिकहरुलाई सर्वसुलभ र सहज तरिकाले स्थानीय स्तरमा नै न्याय दिलाउन गाउँपालिकाको न्यायीक समिति लागि परेको उपाध्यक्ष थापाको भनाई छ । हाल चर्चाको शिखरमा रहेको ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्गटारको सामाग्री खरिदमा भएको अनियमितताको मुद्धा पनि हाल न्यायीक समितिमा आएको छ ।