नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

आईपीएल क्रिकेटः चेन्नई सुपर किङ्सलाई उपाधी

ओखलढुङ्गान्युज, जेठ १६ भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि  चेन्नई सुपर किङ्सले जितेको छ । शोमबार राति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधिमा कब्जा जमाएको हो ।

२० ओभरको खेललाई वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नइका लागि डेभिड कन्वेले ४७ रन बनाउँदा ओपनर ऋतुराजले २६ रन बनाए । त्यस्तै अजिक्य रहाणेले २७ बनाए भने  शिभम दुबे ३२ रनमा नटआउट रहे । गुजरातका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो । गुजराजतका लागि साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए । त्यस्तै ऋद्धिमान साहले ५४ तथा सुभव गिलले ३९ रन बनाए । कप्तान हार्दिक पाण्डेय २१ रनमा नटआउट रहे । 

बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो । शोमबारको जितसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो ।