नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

चिशंखुगढीमा आयोजित अंग्रेजी हिज्जे र निबन्ध लेखन दुबैमा महेश्वर मावि भदौरे प्रथम


ओखलढुङ्गान्युज, जेठ १६ चिशंखुगढी गाउँपालिकाले आयोजना गरेका माद्यमिक विद्यालयल स्तरीय निबन्ध लेखन प्रतियोगितामा (कक्षा ९–१२) र आधारभूत तह कक्षा ६–८ स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता महेश्वरी मावि भदौरे प्रथम भएका छ । १६ औं गणतन्त्र दिवस २०८० जेठ १५ को अवसर पारेर शोमबार चिशंखुगढी गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको प्रतियोगितामा महेश्वरी मावि दुवै विधामा प्रथम भएको हो ।

निबन्ध लेखन प्रतियोगिता अन्तर्गत महेश्वरी माविकी छात्रा सुष्मिता कार्की प्रथम, सरस्वती मावि पोखरे खानीभञ्ज्याङ्गकी रस्मिता द्वितिय, छात्रप्रगती मावि भदौरेका सुनिल मगर तृतिय र सरस्वती मावि पोखरे खानिभञ्ज्याङ्गकी अञ्जु खत्री सान्त्वना भएकी छन् । विजेता विद्यार्थीहरुले क्रमशः नगद रु ७ हजार, ५ हजार, ४ हजार र ३ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यस्तै अंग्रेजी हिज्जे प्रतियोगीता कक्षा ६–८ तर्फ भने महेश्वरी मावि प्रथम, सरस्वती मावि पोखरे द्वितिय, सेर्ना आवि सेर्ना तृतिय र जाल्पा मावि कालिमाटी सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा विजेता बनेका विद्यालयका विद्यार्थीहरुले क्रमशः नगद रु १५ हजार, १२ हजार, ९ हजार र ६ हजार सहित प्रमाणपत्र पाएका थिए ।

नेपाली जनताहरुको लामो समयको त्याग, शशस्त्र जनयुद्ध सहितको बलीदानी पश्चात गणतन्त्र स्थापना भएको हो । यही गणतन्त्रको बारेमा बालबालिकाहरुलाई समेत गम्भिरताका साथ बुझुन् तथा गणतन्त्रका बारेमा थप ज्ञान बृद्धि होस् भन्ने उद्धेश्यका साथ गणतन्त्र दिवसकै दिन पारेर यस्तो कार्यक्रमको आयोजना गरिएका चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।

अङ्ग्रेजी हिज्जे तथा निबन्ध लेखन विधामा विजेता छात्रछात्राहरुलाई गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, गाउँपालिकाका उपाध्यक्ष सन्तोष थापा, प्रमुख प्रशासकिय अधिकृत लोकमणी खनाल लगायत अतिथिहरुले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए ।