नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सुगर फ्रि मिठाई खादै हुनुहुन्छ ? साबधान ज्यान जाला

ओखलढुङ्गान्युज, जेठ १२ आजकाल धेरै मानिसहरुले आफ्नो तौल घटाउन तथा शरीरमा चिनी कम प्रयोग गर्ने भन्दै विभिन्न सुगर फ्रि जन्य खाद्य पद्धार्थ अर्थात चकलेटहरु प्रयोग गर्छन् । सुगर फ्रि चकलेट लिदै स्ट्याण्डर्ड भएको देखाउछन् । तर साबधान । यसले तपाईको ज्यानै पनि लिन सक्छ ।

मानिसहरूले तौल घटाउन भन्दै प्रयोग गरिरहेको चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका कारण हुने मधुमेह, मुटु रोग र वयस्कहरूमा मृत्युदरको जोखिम बढेको पाइएको डब्ल्यूएचओ  जनाएको छ ।

डब्ल्यूएचओले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ । चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै यस्तो जानकारी दिएको हो ।

डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रान्काले खाना वा पेय पदार्थमा मिसिएको कुनै पनि प्रकारको मिठाईको साटो चिनीरहित मिठाई प्रयोग गर्दा लामो समयसम्म पनि तौल घटाउन मद्दत नगर्ने बताए । त्यसैले पनि मानिसहरूले अन्य विकल्प सोच्नुपर्ने स्वास्थ्य संगठनको भनाई छ । उदाहरणका लागि प्राकृतिक रूपमा गुलियोपन भएका फलफूल र पेय पदार्थ खान डब्ल्यूएचओको सुझाव छ ।

डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रान्काले विज्ञप्तिमार्फत चिनीरहित मिठाई आहारको आवश्यक तत्व नभएको र पोषणको दृष्टिकोणले यसको कुनै मूल्य नभएको बताएका छन् । मानिसहरूले आफ्नो स्वास्थ्य सुधार गर्न जीवनको सुरुदेखि नै आफ्नो आहारमा गुलियोको मात्रा कम गर्नुपर्नेमा समेत ब्रान्काले सुझाब दिएका छन् ।