नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शीर्ष नेतामाथि अनुसन्धान गर्न शान्ति समाजको माग

ओखलढुङ्गान्युज, जेठ मानव अधिकार तथा शान्ति समाज मोरङले  नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेका शीर्ष नेताहरुलाई पनि कार्बाहीको दायरामा ल्याउन माग गरेको छ । नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानका क्रममा प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नुपर्ने माग गरेको हो ।

शोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाजले ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेको हो । समाजका मोरङ जिल्ला अध्यक्ष प्राडा जीवनकुमार ढकालले ज्ञापनपत्र मार्फत समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्न आग्रह समेत गरेको हो । शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको भन्दै जनगुनासो बढी रहेको सन्दर्भमा शान्ति समाजले  प्रशासन मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेरिहस्ताहरुको सुक्ष्म अध्ययन अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेताहरुसहित जो कोही हुन् कानुनसम्मत कारवाही सुनिश्चित गर्न, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न र मानवअधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन मानवअधिकार तथा शान्ति समाजको तर्फबाट आग्रह गर्दछौं ।’

ज्ञापनपत्र बुझाउनु अघि शान्ति समाजले जिल्ला प्रशासन कार्यालय अगाडी कुशासन र दण्डहिनताविरुद्ध धर्नासमेत दिएको थियो ।