नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

शी लिड्सले आत्मविश्वास बढायो ः निरा तामाङ

ओखलढुङ्गान्युज, जेठ कुन्तादेवीका निरा तामाङ । स्थानीय तहको निर्वाचन २०७९ बाट उनी मोलुङ गाउँपालिका वडा नं. १ मा वडा सदस्य पदमा भारी मतका साथ विजयी बनिन् । पछि उनी मोलुङ गाउँ कार्यपालिकाको सदस्य समेत बनिन् ।

वडामा वडा सदस्य निर्वाचित हुनु अगाडी पनि सामाजिक रुपमा सामान्य सक्रिय थिईन् । झनै वडा सदस्यमा निर्वाचित भएपछि उत्साहित हुनु स्वभाविक नै थियो । निर्वाचित भएपछि आफ्नो वडाका नागरिकहरुसँग भेटघाट तथा अन्य सामाजिक जमघटमा प्राय उनी पुग्न थालिन् । सामाजिक काममा सक्रिय वन्न थालिन । सामाजिक रुपमा सक्रिय बनेर लागिपरेपनि आफु भित्र केहि कुराको अभाव महशुस गरिरहेकी थिईन् । समूहमा आफ्नो विचार राखेर निर्णय दिनुपर्ने बेलामा थोरै असहजता महशुस गरिन् ।

जनप्रतिनिधी भएर नागरिकहरुको घरदैलोमा पूग्ने र सुखदुखमा सँगै रमाउने क्रममा मोलुङ गाउँपालिकामा पनि लागू भएको दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित शी लिड्स परियोजाको महिला नेतृत्व कार्यक्रमले सञ्चालन गरेको क्षमता विकास तालिममा सहभागी हुने अबसर पाईन् । तालिममा सहभागी भएपछि समूहमा गएर आफ्नो विचार राख्ने र निर्णय दिने कुरामा उनको जिवनले कोल्टो फे¥यो । अर्थात आत्मविश्वास बढ्यो ।

संस्थाले दिएको तालिममा सहभागी हुँदा सुरुसुरुमा बोल्न अप्ठ्यारो लाग्ने गरेकोमा हाल उनी तालिममा पनि सक्रिय रुपमा सहभागीता जनाउछिन् । आफु जस्तै तालिममा सहभागी महिला जप्रतिनिधीहरुसँग सिकेको कुरा सेयर गर्दै उनीहरुलाई पनि सक्रिय बन्न सहजीकरण गर्छिन् । निरा भन्छिन्, ‘जनप्रतिनिधी हुनु अगाडी पनि समूहहरुमा गएर सहजीकरण त गर्थे । तर त्यहि विचमा कसैले केही प्रश्न ग¥यो भने अलमल हुन्थ्यो । आत्मविश्वासमा कमी थियो । तर अहिले त तालिम पछि आत्मविश्वास बढेको छ । समूह तथा गाउँमा गएर पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै निर्णय गर्ने विषय उठान गर्न, छलफलमा सहभागी हुन सकजीकरण गर्न सजिलो भएको छ ।’

संस्थाले तालिम आफूलाई मात्र नभएर आफ्नो परिवारका सदस्यलाई समेत दिएकोले समूहको बैठक तथा तालिममा समेत प्रशस्त समय पाएको तामाङको भनाई छ । अहिले तामाङ आफ्नो वडामा तथा पालिकामा आफुले सुनेको कुनैपनि तालिम तथा छलफल छुटाउदिनन् । यो समयमा उनी वडाका टोलटोलमा गएर नागरिकहरुसँग भेटघाट तथा आगामी आर्थिक वर्षका लागि वडामा केकस्ता योजना तथा कार्यक्रम आवश्यक छ ? भनेर छलफलमा व्यस्त रहेको भेटिन्छिन् ।

अहिले सामाजिक सुरक्षा वापतको भत्ता वितरण कार्यक्रम पालिकाले बैंकसँगको सहकार्यमा वडामा नै सञ्चालन गर्न थालेको छ । नीरा हाल त्यहाँ पनि पुगेर लक्षित बर्गका नागरिकहरुलाई सहयोग गर्छिन् । क्षमता विकाससँगै आत्मविश्वास जगाउनका लागि तालिम दिएकोमा सस्थालाई धन्यवाद समेत दिईन् । संस्थाले आगामी दिनमा आफ्नो पालिकामा मात्र नभएर अन्य पालिकाका महिला जनप्रतिनिधीहरुसँग समेत सामूहीक रुपमा राखेर त्यस्तै तालिम तथा अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरिदिएमा आफूहरुको थप क्षमता विकास भै आत्मविश्वास बढाउन टेवा पुग्ने आशा रहेको बताईन ।