नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

घरको छतवाट खसेकी बालिकालाई हेलिकप्टरमा काठमाण्डौं रिफर

ओखलढुङ्गान्युज, जेठ ५ । शुक्रबार विहान घरको छतवाट खस्दा एकजना बालिका गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा सुनकोशी गाउँपालिका वडा नं. १० स्थायी घर भएका शशस्त्र प्रहरीमा कार्यरत डेकराज धमलाकी ९ बर्षिया छोरी कृष्टिना धमला रहेकी छन् ।

बालिका कृष्टिना शुक्रबार विहान सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेको योगेश्वर अधिकारीको घरको छतवाट खसेर घाईते भएकी हुन् । शुक्रबार विहानै उठेर कृष्टिना ६ बर्षकी बहिनी कृतिका धमलासँग खेल्न ढलान गरेको घरको छत तर्फ गएका थिए । घरको दोश्रो तल्लाको बरन्डामा मास्कले आँखा छोपेर दिदीबहिनी खेल्ने क्रममा बरण्डाबाट कृष्टिना सडकमा झरेकी थिईन् ।

घाईतेलाई तत्काल नै स्थानीयहरुले उद्धार गरेर सामुदायी अस्पताल सोब्रु पठाएका थिए । घाईते बालिकाको बाहिर कुनै पनि प्रकारको चोट नदेखिएपनि बाँया कानबाट रगत बगेको छ । लडेर टाउकामा चोट लागेको देखेपछि सामुदायीक अस्पतालमा उपचार हुन नसक्ने भन्दै अस्पतालले काठमाण्डौं रिफर गरेको थियो । काठमाण्डौं रिफर गरिएकी बालिकालाई मनाङ एयरको हेलिकप्टर मार्फत उपचारका लागि काठमाण्डौंको ट्रमा सेन्टरमा पठार्ईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

घाईते बालिका आफ्नी आमा र बहिनीसँग बस्दै आएकी थिईन् । उनी जिल्ला सदरमुकाममा रहेको मन्टेश्वी बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत विद्यार्थी हुन् । बालिकाका बुबा डेकेन्द्र शशस्त्र प्रहरीका कर्मचारी हुन् । उनी आईतबार शान्ति सेना (मिसन) मा जान तयारी स्वरुप काठमाण्डौंमा थिए ।