नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

ओखलढुङ्गान्युज, जेठ नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति देखी लागू हुने गरि पेट्रोलियम पद्धार्थको मूल्य घटाएको हो ।

आयल निगमले आज देखी लागू हुने गरि डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो । मूल्य घट्नुभन्दा अगाडी डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६५ रुपैयामा विक्रि हुदै आएको थियो । मूल्य घटेसँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५५ कायम भएको छ ।

आयल निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएको छैन । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ६० र ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ रहेको छ ।