नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय बाणिज्य बैंकको सेवा प्रवाहमा खोटाङ दोश्रो, सोलुखुम्बु तेश्रो

ओखलढुङ्गान्युज, बैशाख २६ राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालयले सेवा प्रवाहमा उत्कृट बनेका आफ्ना शाखा कार्यालयहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यालयको तथ्यांक अनुसार सेवा प्रवाहमा उत्कृष्ट बन्न सफल बनेका शाखा कार्यालयहरुलाई केन्द्रिय कार्यालयले सम्मानित गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यालयको तथ्याङ्कमा गण्डकी प्रादेशिक कार्यालयले ७४.८० अंक प्राप्त गरि पहिलो बनेको छ । त्यस्तै, प्रदेश नम्बर १ को खोटाङ शाखाले ७२ अंकका साथ दोश्रो तथा ७० अंक सहित सोलुखुम्बु शाखा र लुम्बीनी प्रादेशिक कार्यालय कपिलबस्तु तृतिय बनेको छ । कर्मचारी तर्फ ओखलढुङ्गा शाखाका सोनाम राई उत्कृष्ट कर्मचारी घोषित बनेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालयले चितवनमा आयोजना गरेको एक कार्यक्रमका बिच राष्ट्रिय बाणिज्य बैंक सेवा प्रवाह र बिजनेस गर्नमा उत्कृष्ट बनेका शाखा तथा कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको माघ १०, २०७९ मा परेको ५८ औं बार्षिकोत्सवमा उत्कृष्ट शाखा र उत्कृष्ट कर्मचारीको घोषणा भएको भएपनि अहिलो आएर पुरस्कृत गरेको हो ।