नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

साहित्यकार दिलिप योञ्जनका ३ मुक्तक संग्रह एक साथ सार्वजनिक  

ओखलढुङ्गान्युज, बैशाख १९ कवि, मुक्तकार , गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “आगमन” तथा अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्वारा लिखित कृतिहरु काठमान्डौको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका विच विमोचन गरिएको हो ।

बरिष्ठ  साहित्यकार डा. रेनुका सोलु, साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक  सङ्ग्रह  विमोचन गरेका हुन् । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्वारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गर्दै गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्वारा लिखित मुक्तक सङ्ग्रह “ अबिरल” र गीति एल्बम “अनुराग÷आगमन”ले नेपाली साहित्य र संगीतको क्षेत्रमा पुयाएको योगदानको उपस्थित सर्जकहरुले प्रशंसा गरेका थिए ।

बरिष्ठ साहित्यकार डा. रेणुका सोलुले मुक्तक संग्रह भित्र भएका सिर्जनाले बर्तमान र भविष्य प्रतिको अवस्थालाई प्रस्तुत गरिएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई शुभकामना दिईन् ।  त्यस्तै अर्का साहित्यकार उषा शेरचनले परदेशमा रहेरपनी नेपाली सिर्जनालाई नेपाली साहित्यलाई विश्व सामु पुयाउनको लागी पुयाएको योगदानले मुक्तकारले नेपाली साहित्यको बाटो अझ फराकिलो भएको बताईन  ।

कार्यक्रममा बोल्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कानेले साहित्यकार योञ्जनले अमेरिकामा रहेर पनि नेपाली माटोमा आफुलाई उभ्याउन सफल भएको बताएका थिए । साहित्यकार योञ्जनले साहित्यका क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको अध्यक्ष कानेले बताएका थिए ।

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा, आस्था खोजिरहेछु, कबिता सग्रह  गाउँबेसीमा फुलै फुल्यो  गितिसंग्रह, अनुपम, अमुल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग  सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित छन् ।