नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आईसीटी डे अफरमा ३९९ मा टेलिकमको ३० जीबी डाटा

ओखलढुङ्गान्युज, बैशाख १८ नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ३९९ मा ३० जीबी डाटा उपलब्ध गराउने भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ का अवसरमा नेपाल टेलिकमले यो अफर ल्याएको हो ।

योसँगै टेलिकमले आफ्ना ग्राहकहरुका लागि अन्य विभिन्न अफर सेवा समेत ल्याएको छ । दिवसका अवसरमा कम्पनीले आईतवार एक विज्ञप्ती जारि गर्दै आइतवारदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म मात्र लागू हुनेछ ।

अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने छ जीबी डाटा, १ सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मूल नारा सहित वैशाख १९ गते मनाइँदैछ ।