नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

चितवनमा बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुदै

ओखलढुङ्गान्युज, बैशाख १४ आगामी बैशाख २२ देखी २४ सम्म चितवनमा “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन प्रदर्शनी केन्द्र भरतपुर चितवनमा आगामी बैशाख २२, २३ र २४ गते “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी  २०८०” (7th Chitwan International Industrial  Expo 2023) सञ्चालन हुने आयोजकले जनाएको छ ।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्र, (Chitwan Expo Center) भरतपुर, चितवनमा आयोजना हुन गइरहेको उक्त प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधि सहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर उत्पादन उद्योगहरुको प्रदर्शनी हुन लागेको हो । त्यस्तै प्रदर्शनीमा इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल,  प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी प्रदर्शनी स्थलमा २०० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीहरुले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रबर्धन सहयोग, चितवन उद्योग संघले प्रदर्शनीको आयोजना गरेको हो । त्यस्तै प्रदर्शनीको नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व तथा मिडिया स्पेस सोलुसन्स प्रालि तथा Futures Trade Fair and Events को व्यवस्थापकीय साझेदारीमा औद्योगिक प्रदर्शनी हुन लागको हो ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेशको व्यवस्था रहेको छ । उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु तथा अन्य ईच्छुकहरुलाई समेत अवलोकनकर्ताको रुपमा सहभागि भै लाभ लिन आयोजकले अनुरोध गरेको छ ।