नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एसईई परीक्षा सुरु

ओखलढुङ्गान्युज । १७ चैत, ओखलढुङ्गा । शैक्षिक सत्र २०७९ को परीक्षा आजबाट सुरु भएको छ । एसईई परीक्षाका लागि जिल्लामा १७ वटा केन्द्र मार्फत २ हजार ६ सय ३१ जना विद्यार्थी सहभागी भैरहेका छन् ।

परीक्षाको पहिलो दिन जिल्लाभर शान्तिपुर्ण रुपमा परीक्षा सञ्चालन भैरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । इकाई प्रमुख गजुरेलले भने, “म अहिले अनुगमनका क्रममा चम्पादेवी गाउँपालिकाको पलापु आइपुगेको छु । अहिलेसम्म जिल्ला भर शान्तिपुर्ण रुपमा परीक्षा सञ्चालन भएको केन्द्राध्यक्षहरुले जानकारी गराउनु भएको छ।”

परीक्षाको पहिलो दिन भएको अनिवार्य अंग्रेजी विषयको परीक्षामा जिल्लाभर साधारण तर्फ १२७७ छात्रा र ११७७ छात्र गरि २४५४ विद्यार्थी सहभागी भएका छन् । त्यस्तै प्राविधिक धारतर्फ छात्रा ७१ र छात्र ६९ गरि १४० जना विद्यार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ । कार्यालयका अनुसार अनिवार्य अंग्रेजी विषयको परीक्षामा सामान्य तर्फ ३८ जना र प्राविधिक धारतर्फ १ जना विद्यार्थी ३९ जना विद्यार्थी भने अनुपस्थित भएका थिए । 

एसईई परीक्षा अन्तर्गत मोलुङको बरुणेश्वर मावि केन्द्रमा पनि परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको केन्द्र प्रमुख कुल प्रसाद खतिवडाले जानकारी दिए । बरुणेश्वर केन्द्रमा ८ वटा विद्यालयका ३५७ जना विद्यार्थी सहभागी भएका थिए ।

बरुणेश्वर मावि केन्द्रको परीक्षा सञ्चालनलाई सौहार्द पूर्ण बनाउन विद्यालय भवन बाहिर रातो झण्डा गाडेर निषेधित क्षेत्र तोकिएको थियो ।