नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

जनगणना २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुदै

ओखलढुङ्गान्युज १० चैत, काठमाण्डौं राष्ट्रिय जनगणना सकिएको करिब २ वर्ष पछि आज राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिने भएको छ  । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजालाई शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाण्डौको एक होटलमा अन्तिम नतिजा सार्वजनिक गर्न लागिएको हो ।

२०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर राष्ट्रिय तथ्याङ्क कार्यालयले १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा २०७८ माघमै तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको प्रारम्भिक जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

१२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।