नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

साफ महिला यू–१७ फुटबलमा भुटानसँग नेपाल ५–० ले विजयी

ओखलढुङ्गान्युज चैत, काठमाण्डौं बङ्लादेशको ढाकामा बुधबार सम्पन्न भएको खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको छ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको हो ।

प्रतियोगिता अन्तर्गत बुधबारको नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेलसंगै ३ अंक जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो । दुई खेल खेलेको नेपालले भुटानलाई हराएर ३ अङ्क जोडेको हो ।

पहिलो खेलमा पनि भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ ।

अब नेपालले अर्को हप्ताको मङ्गलवार आयोजक राष्ट्र बङ्लादेशसँग प्रतियोगिता अन्तर्गतको तेश्रो खेल खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।