नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानमा भूकम्प, कम्तीमा ११ को मृत्यु, सयौं घाईते

ओखलढुङ्गान्युज । ८ चैत, काठमाण्डौं । अफगानिस्तानमा गएराती शक्तिशाली भूकम्प गएको छ ।  शक्तिशाली भूकम्पमा परी  हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको अन्तरष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्प मंगलबार राती १० बजेर १७ मिनेट गएको हो । उक्त भूकम्प ६ दशमलव ५ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । भूकम्पमा परि मृत्यु भएका र घाईते भएकाहरुको संख्या बढ्न सक्ने र उनीहरुको उद्धारकार्य जारि रहेको अन्तरष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो । भूकम्पको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबाद लगायतका विभिन्न सडकहरू अवरूद्ध भएको स्थानीयले बताएका छन् ।  उक्त भूकम्पको कम्पन पाकिस्तान तथा भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।