नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

५० पर्वतारोहीबाट सवा करोड राजश्व संकलन

फायल तस्विर

ओखलढुङ्गान्युज । ७ चैत, काठमाण्डौं । यस वर्षको वशन्त ऋतु सुरु भएको छ । वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सरकारले सवा करोड बढी रोयल्टी संकलन गरेको छ ।

वशन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्नका लागि २५ देशका ५० पर्वतारोहीले अनुमती लिएको पर्यटन विभागले जनाएको छ । ति अनुमती लिएका आरोहीहरुबाट रोयल्टी वापत १ करोड २८ लाख ९८ हजार ९ सय ५० रूपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको हो ।

वशन्त ऋतुको यस सिजनमा ६ हजार ५ सय २३ मिटर उचाइको सुर्मा सरोवर आरोहणका लागि २ जना पुरुषले अनुमति पाएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण चढ्न २२ पुरुषसहित ३४ जनाले अनुमति लिएका छन् । ६ हजार १ सय ४४ मिटर अग्लो थोरोङ पिक चढ्न ५ जना नेपाल आएर अनुमती लिएको विभागले जनाएको छ ।

त्यस्तै ६ हजार ६ सय २० मिटर उँचो पाङ्ग्री गोल्दुम्बा आरोहणका लागि ६ जनाले अनुमति लिएका छन् । ‘किलर माउण्टेन’ को रुपमा समेत परिचित ८ हजार १ सय ६३ मिटर उचाइ रहेको मनास्लु आरोहण गर्न २ महिला सहित ३ जनाले पर्यटन विभागबाट अनुमति लिएके विभागले जनाएके छ ।

नेपालका ५ हिमाल आरोहण गर्न २ छिमेकी मुलुक चीन र भारतसहित अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, युके, बुल्गेरिया, क्यानडा, फ्रान्स, जापान, नर्वे, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया, अमेरिका, रुस, कतारलगायत देशका नागरिकले अनुमति लिएका छन् । यसअघि शरद ऋतुमा नेपालसहित ७७ मुलुकका १ हजार ४ सय ४१ जनाले हिमाल आरोहणको अनुमति लिएका थिए ।