नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

शहिद आदर्शको समानुपातिकमा क्रान्तिकारीवाट धमला सिफारिस

ओखलढुङ्गान्युज चैत, रामपुर शहिद आदर्श क्याम्पस बरुणेश्वर रामपुरको स्ववियू निर्वाचनको समानुपातिक तर्फ अखिल क्रान्तिकारीले यशोदा धमलालाई सिफारिस गरेको छ । अखिल क्रान्तिकारीले आफूले पाएको समानुपातिक तर्फको मतको कोटाबाट धमलालाई सिफारिस गरेको हो ।

गत चैत ५ गते भएको शहिद आदर्श क्याम्पस रामपुरको स्ववियू निर्वाचनमा प्रत्यक्ष तर्फ नेविसंघ आफ्नो प्यानल सहित विजयी भएको थियो । विद्यार्थी संगठनहरुले पाएको मतका आधारमा समानुपातिक तर्फ भने अखिल क्रान्तिकारीले १, अनेरास्ववियुले २ र नेविसंघले ४ सिट पाएको छ ।

ओखलढुङ्गा जिल्लामा रहेका ७ ओटा क्याम्पस मध्ये चैत ५ गतेका लागि ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गा र शहिद आदर्श क्याम्पस बरुणेश्वर रामपुरमा निर्वाचनका लागि मिति तय भएको थियो । ओखलढुङ्गा क्याम्पसमा विद्यार्थी संगठनहरुको बिचमा सहमती कायम हुन नसक्दा अनिश्चित समयसम्मका लागि निर्वाचन रोकिएको छ भने शहिद आदर्श क्याम्पसमा ५ गते नै निर्वाचन सम्पन्न भएको थियो ।