नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

चैत १७ देखी एसईई परीक्षा सुरुहुदै

ओखलढुङ्गान्युज । ७ चैत, ओखलढुङ्गा । शैक्षिक शत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि सुरु हुँदैछ । एसईई परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा प्रश्न पत्र र उत्तर पुस्तिका पुर्याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विगतका वर्षहरुमा परीक्षा नियन्त्रण कार्यालयले देशभर एउटै प्रश्नपत्र प्रयोग गर्ने गरेको थियो । तर यसपटक भने प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्र मार्फत परीक्षा लिने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ ।  संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको भएपनि संघिय शिक्षा ऐन जारी नहुँदा र पर्याप्त संरचना तथा  जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिने गरेको छ ।