नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शहिद आदर्श क्याम्पस रामपुरमा नेविसंघको प्यानल नै विजयी

ओखलढुङ्गान्युज । ५ चैत, रामपुर । शहिद आदर्श क्याम्पस बरुणेश्वर रामपुरमा भएको स्ववियू चुनाबमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानल नै विजयी भएको छ ।

स्ववियू निर्वाचन अन्तर्गत आइतबार शहिद आदर्श क्याम्पस रामपुरमा भएको निर्वाचनको मतगणनामा सार्वजनिक भएको मतपरिणाम अनुसार नेविसंघका सुरेश धमलाले १०७ मतका साथ प्यानल नै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जुनु कार्कीले १०६ मत पाएकी छन् भने ६ मत बदर भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासीहरुमा कडा प्रतिष्पर्धा भएपनि अन्य सदस्यहरुमा केहि मतान्तरको फरक भएको थियो । क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त प्यानल रहेको थियो भने कांग्रेस निकट नेविसंघ एकल प्रतिष्पर्धामा उत्रिएको थियो ।