नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा : स्ववियू निर्वाचन मतगणना अपडेट

सभापति पदका प्रत्यासी जुनु कार्की र सुरेश धमला

ओखलढुङ्गान्युज । ५ चैत, रामपुर । स्ववियू निर्वाचन अन्तर्गत आइतबार शहिद आदर्श क्याम्पस रामपुरमा भएको निर्वाचनको मतगणनामा पछिल्लो अपडेट अनुसार अखिल गठबन्धनको उमेदवार जुनु कार्की अगाडी बढेकी छन् ।

पछिल्लो अपडेट अनुसार ११५ मत गणना सकिदा अखिल गठबन्धनकी जुनु कार्कीले ५९ मत पाएकी छिन् भने नेविसंघका उमेदवार सुरज धमलाले ५६ मत पाएका छन् । मतगणना चलिरहदा दुवै उमेदवारहरुको मत निकै प्रतिस्पर्धात्मक देखिएको छ ।

आइतबार विहान करीब पौने ९ बजेबाट सुरु भएको मतदान दिउँसो विवादका कारण करीब डेढ घण्टा रोकिएपनि सहमति पश्चात २ बजे सुरु भएर ३ बजे सकिएको थियो । आइतबार भएको स्ववियू निर्वाचनमा शहिद आदर्श क्याम्पस रामपुरमा ३२६ जना मतदाता भएपनि २१९ जनाले मतदान गरेका थिए । मतगणना जारी रहेको छ ।