नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

तस्वीर : सामाजिक सञ्जाल

ओखलढुङ्गान्युज चैत, काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएकोमा नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले सम्मान सम्मान सहित पुरस्कार राशीको घोषणा गर्नुभएको हो ।

खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले प्रचण्डले खुसी व्यक्त गर्नुभयो । खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो  ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र हैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकेको छ । आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’ स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषणा गर्नुभएको थियो । अहिले फेरि यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला जितेको र विश्वकप छनोटमा पुग्न सफल टिमले प्रधानमन्त्रीले जनही ३ लाख दिने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले उहाँले मूलपानी, चितवन लगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गर्नु भएको छ । हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिनुभएको थियो ।

शुक्रबार विहान क्रिकेट खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यहरुलाई फूलमालाले सम्मान गर्नु भएको थियो । नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । यूएईलाई हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ । लिग टु मा ३६ खेलबाट ४० अंक जोड्दै नामिबियालाई पछि पार्दै तेस्रो भएको नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।