नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सपना सुनामको टिपीकल लोक दोहोरी ‘सुन साईली’ सार्वजनिक

ओखलढुङ्गान्युज । २ चैत, काठमाण्डौं । नेपाली लोकदोहोरीमा नयाँ स्वादमा ‘सुन साईली’ आज सार्वजनिक भएको छ । ‘सुन साईली’ लाई आज कृष्ण रेउलेको अफिसिल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सुन साईली नेपाली लोकदोहोरीमा टिपीकल तथा कमेडी पाराको लोक दोहोरी गित हो । यस गीतमा शब्द तथा लय कृष्ण रेउलेको रहेको छ भने सपना सुनाम र कृष्ण रेउलेको नै यस गीतमा सुमधुर स्वर रहेको छ ।

यस गीतमा विभिन्न राष्ट्रिय अन्य कलाकारहरुले कमेडीलाई समेत जोडेका छन् । गीत सार्वजनिक भएसँगै लोक दोहोरीका पारखीहरुलाई नयाँ स्वाद प्रदान गर्ने गरी आफुहरुले गीत ल्याएको पनि गायीका सपना सुनामले जानकारी दिईन् । सुनाम राष्ट्रिय लोक तथा दोहोरी गी प्रतिष्ठान ओखलढुङ्गाकी पूर्व अध्यक्ष समेत हुन् ।

भिडियो तलको लिंकमा क्लिक गरेर पनि हेर्न सुन्न सकिन्छ ।