नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जन्तरखानीमा आयोजित खुला भलिबलको उपाधी ईन्द्रवती ‘बी’ लाई

ओखलढुङ्गान्युज २९ फागुन, ओखलढुङ्गाका जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीले आयोजना गरेको खुला भलिवल प्रतियोगिताको उपाधी ईन्द्रवती ‘बी’ मैदानेले जितेको छ । आईतवार सम्पन्न भएको खुला भलिवल प्रतियोगितामा ईन्द्रवती ‘बी’ मैदानेले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा (डिपिओ) लाई सोझो सेटमा हराउदै उपाधी जितेको हो ।

ईन्द्रवती ‘बी’ मैदानेले डिपीओलाई २५–११, २५–१३ र २५–१२ को सोझो सेटमा हराउदै नगद रु. ५० हजारका साथमा शील्ड, मेडल र प्रमाणपत्र जितेको हो । उपविवजेता हुदै डिपीओले नगद रु. ३० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरि ईन्द्रवती ‘ए’ मैदानेले जन्तरखानी बाख्रेलाई सोझो तिन सेटमा नै पराजित गर्दै तेश्रो भएको छ । ईन्द्रवती ‘ए’ मैदानेले जन्तरखानी बाख्रेलाई २५–२२, २५–१८ र २५–१७ को सेटमा हराउदै नगद रु. २० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको हो । उता पराजित हुदै सान्त्वना भएको जन्तरखानी बाख्रेले नगद रु. १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो ।

जन्तरखानी मैदानेमा रहेको जलदेवी समाजसेवी युवा क्लवको आयोजनामा गत फागुन २५ देखी सञ्चालन भएका प्रतियोगिता आईतवार समापन भएको हो । क्लबले आफ्नो २५ औं बार्षिकोत्सव तथा रजतजयन्तीको अबसर पारेर भलिवल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरेको हो । रजतजयन्ती कै अबसर पारेर क्लले शनिवार १० के ठाडे–जन्तरखानी म्याराथनको आयोजना समेत गरेको थियो ।

भलिवल प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य तथा ओखलढुङ्गाका सांसद प्रदिप कुमार सुनुवार लगायतका अतिथिहरुले नगद पुरस्कार, शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा निर्णायकको भूमिका भने प्रादेशिक रेफ्रिद्वय नारायणकाजी राई र सुधिर कार्कीले गरेका थिए ।