नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

श्री एअरलाईन्सको जहाज उडानमा रोक

ओखलढुङ्गान्युज २६ फागुन, काठमाण्डौं नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको जहाजको तत्कालका लागि उडानमा रोक लगाएको छ । विहिबार काठमाण्डौंबाट भैरहवाका लागि उडेको श्री एअरलाइन्सको जहाजमा आगलागीको घटना भएपछि तत्कालका लागि श्री एअरलाइन्सको सबै जहाज उडानमा रोक लगाएको हो ।

प्राधिकरणले श्री एअरलाइन्सको सबै जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । प्राधिकरणले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

विगतमा श्री एअरलाइन्सका प्राविधिकले मात्र सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने भनेर पुष्टि गरेपछि मात्र श्री एअरलाइन्सले उडान भर्न पाउनेछ । बिहीबारको घटनापछि जहाज  निलम्बनमा छ । प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न  पाएका छैनन् ।

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इन्जिनमा आगो लागेको संकेत देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् । तीमध्ये हाल चारवटा मात्रै सञ्चालनमा रहेका छन् ।