नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

 ८ बर्ष पछि नेपाली युवा क्रिकेट विश्वकपमा छनौट

ओखलढुङ्गान्युज । २० फागुन, काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले ८ बर्ष पछि विश्वकप क्रिकेट प्रतियोगितामा प्रवेश पाएको छ । विहिवार भएको आफ्नो खेलमा चिरप्रतिद्वन्द्वी यूएईलाई नाटकिय रुपमा पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगितामा प्रवेश पाएको हो ।

यसभन्दा अगाडी भएको लगातार तीनवटा संस्करणमा नेपालले यु-१९ विश्वकप खेल्न प्रयास गर्दा यूएई बाधक बनेको थियो । तर यसपटक भने त्यही यूएईलाई आईसीसी यु-१९ एशिया कपमा बिहीवार नाटकिय रुपमा ७ रनले जित्दै नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छानिएको हो ।

यूएईको घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हु‍ँदै जम्मा १९१ रन मात्र जोडेको थियो । तर जबाफी ब्याटिङमा आएको यूएईलाई ४८ ओभरमा नेपाली युवा टीमले १८४ रनमा सीमित पारिदियो । उपाधि जितेसँगै नेपालको विश्वकप पुग्ने आठ वर्षको पर्खाइ पूरा भएको छ ।

खेलको अन्तिम केही बेरअघिसम्म नेपाल उक्त खेलमा हारको सँघारमा देखिएको थियो । अन्तिम समयमा नेपाली युवा क्रिकेटर दीपेश कँडेलले नाटकीय रूपमा ह्याट्रीक गर्दै तीन विकेट लिएपछि जित सम्भव भएको हो ।

नेपाली युवा क्रिकेट टोली दश पटक सहभागी हुँदा सात पटक विश्वकपको लागि छनोट भएको थियो । तर सन् २०१८ पछि अहिलेसम्म टोलीले छनोट चरण पार गर्न सकेको थिएन ।