नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सेयर बजार घटेको घट्यै

ओखलढुङ्गान्युज । १७ फागुन, काठमाण्डौं । बुधबार शेयर बजार दोहोरो उच्च अङ्कले घटेको छ । उच्च अङ्कले घटेको शेयर बजार २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा रोकिएको छ ।

बुधबार नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्कभन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ।