नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गीतकार प्रमिला बस्नेतको  ‘फूल देखेँ ’ सार्वजनिक

ओखलढुङ्गान्युज । २५ माघ, काठमाण्डौं । नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ ।

यस गीतको भिडियोमा करिस्मा ढकालको साथमा किरण भुजेलले नै अभिनय गरेका छन् । उनको नृत्य पनि गीतमा पर्फेक्ट देखिएको छ । सरोज प्याकुरेलको कन्सेप्टमा तयार भएको भिडियोमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छाँयाङ्कन र दिन्सन साहको सम्पादन तथा कलरीङ रहेको छ ।

गीतमा एक युवकले युवतीलाई फूल र जुनसँग तुलना गरेर डोलिमा चढाएर घरमा लगेको कल्पना गरिएको छ । मनपरेको केटा केटीमा हुने मिठो संवाद गीतमा रहेको गीतकार प्रमिला बस्नेतले जनाएकी छिन् । ए वान प्लस स्टुडियोमा यो गीतको रेकर्डिङ तथा मिक्सीङ भएको छ ।

गीत यो लिक क्लिक गरेर पनि सुन्न र हेर्न सकिन्छ ।