नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जादै गरेको गाडि दुर्घटना, ६ जनाको अबस्था गम्भिर

ओखलढुङ्गान्युज । १८ माघ, ओखलढुङ्गा । बुधबार दिउसो ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ ।

गाडी दुर्घटना हुँदा गाडीमा सवार भएका ६ जना गम्भीर घाइते भएको अपुष्ट खबर प्राप्त भएको छ । गाडी बुधबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को हिलेपानी भन्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

घटनाको भएको बारेमा ओखलढुङ्गा प्रहरी प्रमुख सुकदेव खनालले पुष्टि गरेका छन् । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालको टोली घटनास्लतर्फ गएको छ ।

घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।