नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रथम महिला यू–१९ टी–ट्वान्टी विश्वकपको उपाधि भारतलाई

ओखलढुङ्गान्युज । १६ माघ, काठमाडौं । पहिलो संस्करणको महिला यू–१९ टी–ट्वान्टी विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

सेनविस पार्कमा इंग्ल्याण्डले दिएको ६८ रनको लक्ष्य भारतले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा  गोन्गाडी त्रिशा २४ रनमा आउट हुँदा सौम्य तिवारीले अविजित २४ रन बनाईन् । कप्तान शफाली बर्मा १५ रनमा आउट हुँदा श्वता सेरावतीले ५ रन बनाइन् । इंग्ल्याण्डका हन्ना वाखिर, एलेक्स स्टोनहाउस र ग्रिस एभेन्सनले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १७.१ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो। इंग्ल्याण्डका लागि रायना म्याकडोनाल्ड १९ रनमा आउट हुँदा एलेक्स स्टोनहाउस र सोफि स्मालीले समान ११/११ रन बनाईन् ।

भारतका लागि प्रशिभि चोपडा,टिटास सन्धु र अर्चना देवीले समान २/२ तथा मनत काश्यप,सोनम यादव र कप्तान शफाली बर्माले समान १/१ विकेट लिईन् । इंग्ल्याण्डका लागि राएना म्याकडोनाल्ड गेले १९ रन बनाइन् । भारतकी तितास साधुले ४ ओभरमा ६ रन मात्र खर्चेर २ विकेट लिइन् । यस्तै अर्चना देवी र पार्शभी चोपराले पनि समान २ विकेट लिए । प्रतियोगितामा इंग्ल्याण्डकी ग्रेस स्क्रिभेन्स प्लेअर अफ दि सिरिज घोषित भइन् ।