नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

श्रष्टा पार्कमा नेविसंघले गर्यो सरसफाई

ओखलढुङ्गान्युज । १६ माघ,  ओखलढुङ्गा । नेपाल विद्यार्थी संघ ओखलढुङ्गाले श्रष्टापार्क आसपासको क्षेत्रमा सरसफाई गरेको छ । आज सहिद दिवसको अवसर पारेर ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गा क्याम्पस ईकाईको अगुवाईमा विद्यार्थी युवाहरुको सहभागीतामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला सदरमुकाममा रहेको श्रष्टा पार्क आसपासमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन राम्रै हुनेगर्दछ । तर भ्रमण जादा उनीहरुले विभिन्न खाद्य पद्धार्थको प्रयोग गरेको प्लाष्टिक जन्य तथा सिसा बोत्तलजन्य फोहोरका कारण उक्त क्षेत्र फोहोर भएको भन्दै नेविसंघ ओखलढुङ्गा क्याम्पस ईकाईको तर्फवाट सरसफाई कार्यक्रमको आयोजना गरिएको ओखलढुङ्गा क्याम्पस ईकाईका सचिब चेत नारायण (सिएन) लम्सालले बताए ।

सहिद दिवसको अबसर पारेर आयोजना गरिएको सरसफाई कार्यक्रम अन्तर्गत आज नै नेविसंघ ओखलढुङ्गा ईकाईले ओखलढुङ्गा क्याम्पस क्षेत्रमा पनि सरसफाई गरेको छ । ईकाईले सरसफाईसँगै क्याम्पस परिसरमा फोहोर मैला ब्यबस्थापनका लागि भन्दै दुईथान डस्टिविनको समेत ब्यबस्था गरेको छ ।