नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कृष्ण कडेँल र सुनिता बुढाक्षेत्रीको  ‘धौलागिरीको सेरोफेरो’ सार्वजनिक

ओखलढुङ्गान्युज । १५ माघ, काठमाण्डौं । कृष्ण कडेँल र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर स्वरमा रहेको  ‘धौलागिरीको सेरोफेरो, जन्मभुमी मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको भिडियो गीतमा कृष्ण कडेँलको शब्द तथा संगीत रहेको छ । अर्जुन पन्तको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरेको उक्त गीतमा अर्जुन पन्त, रुपी सिन्जाली मगर , तारा थापा , तेजेन्द्र दुराको समेत स्वर रहेको छ ।

नेपालकै धैलागिरी अञ्चलको आसपासका ठाउँमा खिचिएको भिडियोमा मौलिक पनलाई देखाउने प्रयास गरिएको छ । विजय गौडेलको छायाँकन, निशान एसको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ ।

भिडियो तलको लिंकमा क्लिक गरेर पनि हेर्न सुन्न सकिन्छ ।