नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

नगरपालिका स्तरिय अन्तर मावि छात्रा भलिवलको उपाधी लालीगुराँसलाइ

ओखलढुङ्गान्युज । ८ माघ, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकामा सञ्चालन भएको माद्यमिक विद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिताको उपाधी लालीगुराँस इंलिस बोर्डिङ स्कुलले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा चम्पादेवी मावि सल्लेरीलाइ सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधी जित्दै लालिगुराँस बोर्डिङ् स्कुलले नगद रु. ३० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोस्रो भएको चम्पादेवी मावि सल्लेरीले नगद रु. २० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । उता तेश्रो भएको सगरमाथा जनता माविले भने नगद रु. १० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र पाएको छ । 

आइतबार सगरमाथा जनता मावि अगाडी रहेको खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा लालिगुराँस बोर्डिङ् स्कुलले चम्पादेवी मावि सल्लेरीलाइ २५-१२, २५-१८, २५-१६ सेटमा हराउदै प्रथम भएको हो भने चम्पादेवी मावि दोस्रो भएको हो । त्यस्तै विगुटार मावि विगुटारलाइ २५-१८, २५-१२, २५-१५ ले हराउदै सगरमाथा जनता मावि तेश्रो भएको हो । 

प्रतियोगितामा वेस्ट स्पाइकर सगरमाथा जनता माविकी निर्मला सुनुवार बेस्ट प्लेयर लालिगुराँस बोर्डिङ् स्कुलकी मनिषा तामाङ बनेकी छन् । बेस्ट प्लेयर र स्पाइकरले पनि शील्ड सहित नगद पुरस्कार पाएका छन् । आफ्नो लिग चरणको खेलमा समेत लालीगुराँसले चम्पादेवी मावि सल्लेरीलाइ र सगरमाथा जनता माविले विगुटार मावि विगुटारलाइ पराजित गरेको थियो ।

शुक्रबार देखि जारि प्रतियोगिताका विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा सिद्धिचरण नगरपालिकाका २ नीजि सहित ६ माद्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिता सिद्धिचरण नगरपालिका वडा नं. १२ को आयोजना तथा ओखलढुङ्गा युथ फाउण्डेसनको समन्वयमा सञ्चालन भएको हो । प्रतियोगिताका लागि वडा नं. १२ वडा कार्यालयको तर्फवाट नगद रु २ लाख बजेट विनियोजन गरिएको छ भने बाँकी खर्च युथ फाउण्डेसनले गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।