नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मृत्यु पश्चात शरिरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

ओखलढुङ्गान्युज माघ, काठमाण्डौं प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् आफ्नो शरीरका सबै अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको मृगौला प्रत्यारोपीको बृहत् भेलामा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले अंग दानको घोषणा गर्दै मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गरे । यस घोषणाले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई अंगदानको ‘डोनर कार्ड’ हस्तान्तरण गरे । त्यस्तै कार्यक्रममा स्वास्थ्यमन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । गिरीलाई भने प्रधानमन्त्री परुचण्डले दाता कार्ड प्रदान गरे ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा नै १ हजार जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको अवसरमा शुक्रबार प्रत्यारोपीहरुको बृहत भेला आयोजना गरेको हो ।