नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

विमान दुर्घटनमा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको पनि निधन

ओखलढुङ्गान्युज माघ, काठमाण्डौं आईतबार विहान पोखरामा भएको विमान दुर्घटनमा परि प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेलको पनि ज्यान गएको छ । पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार पौडेल पनि मृत्यु भएको हो ।

दुर्घटनामा परेको विमानमा पत्रकार पौडेल पनि रहेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला पौडेलले जानकारी दिईन । पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सदस्य समेत हुन् । पौडेल काठमाडौंमा भएको प्रेस सेन्टरको बैठकमा सहभागी भएर पोखरा फर्कँदै थिए ।

दुई दशकदेखि पत्रकारितामा संलग्नउनले यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन् । दुर्घटनामा परेकाहरुको यात्रुको सूचीमा उनको पनि नाम छ।

जहाजमा रहेको जानकारी आएपछि उनको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । उनको फोन अफ देखिएको छ । यद्यपी उनको अवस्थाबारे आधिकारिक पुष्टि भइसकेको छैन ।