नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

‘तिम्रो शहर’

गोजि संग्रह,

                   साहित्यीक सर्जक © – बिर्ख

ओखलढुङ्गान्युज । पुष, ओखलढुङ्गा ।                 

शहरवासी धनि मानी, उ बडा बौद्धिक वर्ग अरे,
मोफसलको झारेझुरे, म अवाक अलमल्ल परें !
उठ्दा बस्दा जसो गर्दा, उनकै जाती ठुला कुरा,
उहि प्राज्ञिक ब्रह्म ज्ञानी, महान योगि गर्ग अरे !!

कला, कृति, वृत्ति आदि, छ त सबै शहरमा छ,
धुँवा धुलो प्रदुषण त्यो, जे छ उसको स्वर्ग छरे !
भुचाल व्याधी आपतमा, फिर्न पर्छ उहीँ फेरि,
गाइगोठ केहो भन भन्दा, डिडिसिको डेरी अरे !!

कञ्चन स्वच्छ शितलता, पँधेरीको चिसो पानी,
एकादेशको कथा जस्तो,यस्ता कुरा के’था ब्यारे !
शहरवासी धनि मानी, उ बडा बौद्धिक वर्ग अरे,
उहि प्राज्ञिक ब्रह्म ज्ञानी, महान योगि गर्ग अरे !! २