नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

साताको पहिलो दिन पनि सेयर बजार राताम्मे

ओखलढुङ्गान्युज । ३ पुष, काठमाण्डौं । अघिल्लो हप्ता निरन्तर घटेको सेयर बजार आज आईतवार पनि उच्च अंकले घटेको छ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको हो ।

आईतवार शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेको दिन दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता शेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।