नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

कलाकारले गीत गाएरै पनि वाँच्न सक्छन् भन्ने बनाउछौं – केन्द्रिय उपमहासचिव हमाल

ओखलढुङ्गान्युज २५ मंसिर, ओखलढुङ्गा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उपमहासचिव शिब हमालले कलाकारले गीत गाएरै पनि वाँच्न सक्छन् भन्ने बनाउन लागि परेको बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाको जिल्लाको चम्पादेवी गाउँपालिकाको पलापुमा शनिवार सम्पन्न पाँचौ जिल्ला अधिबेशनको खुला सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले गीत संगितका कलाकारहरुलाई राज्यले सम्मान जनक ढंगले नहेर्दा कलाकारिता क्षेत्रमा लागेकाहरुको जिवन निर्वाहमा समस्या हुने गरेको बताए । तर बर्तमान रहेको केन्द्रिय समितिले गीत गाउने कलाकारिताको क्षेत्रमा लागेकाहरुले गीत गाएर पनि बाँच्न सक्छन भन्ने बनाउन आफूहरु लागि परिरहेको बताएका हुन् ।

कार्यक्रमको खुला सत्रलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय उपकोषाध्यक्ष पूर्णकला विसी, केन्द्रिय सदस्य पिएन सापकोटा, केन्द्रिय सदस्य विष्णु घिमिरे, संविधान सभा सदस्य तथा प्रतिनिधी सभाका निवर्तमान सांसद यज्ञराज सुनुवार, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका नवनिर्वाचित सांसद प्रदिप कुमार सुनुवार लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शुभकामना दिदै अतिथीहरुले राज्य र राज्यका नागरिकहरुको चेतना विकासका लागि गीतसंगीतको क्षेत्रवाट कलाकारहरुले योगदान पु¥याएको भन्दै कलाकारहरुलाई राज्यले पनि सम्बोधन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका बक्ताहरुले जिल्ला अधिबेशन एउटा सुदुर दुर्गम गाउँवस्तिमा सानदार रुपमा सञ्चालन गरेको तथा स्थानीयवासीहरुले समेत सक्रिय रुपमा सहभागी भएर कार्यक्रम सफलता बनाउन महत्वपूर्ण सहयोग गरेको भन्दै आयोजक तथा सहयोगीहरुलाई मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष सपना सुनामको अध्यक्षता तथा लिला श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन सत्र सगै राति अबेर सम्म कार्यक्रममा सहभागी कलाकारहरुले गीत तथा नृत्य मार्फत कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।