नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

क्रिकेटको त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन

ओखलढुङ्गान्युज २२ मंसिर, काठमाण्डौं आज भएको आफ्नो अन्तिम खेलमा पनि नेपालले स्कटल्याण्डसँग हारेको छ । अन्तिम खेलमा स्कटल्याण्डसँग ८ विकेटको पराजयसँग आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन भएको हो ।

नामिवियामा जारी शृंखला अन्तर्गत विहिबार भएको खेलमा नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले २ विकेटको क्षतिमा १७ ओभरमै भेट्टायो । यसअघिका सबै खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो ।

नामिवियामा भएको यो शृंखलाको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा नेपालले नामिवियासँग अंक बाँडेको थियो । तर आफ्नो दोस्रो खेलमा नेपाल टिम स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । नामिवियासँगको तेश्रो खेलमा बुधबार ८६ रनको पराजय ब्यहोरेको नेपालले शृंखलामा जितविहीन रह्यो ।

यो शृंखलाको निराशाजनक प्रदर्शनपछि नेपालले अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ । नामिवियामा नेपालको ब्याटिङ र बलिङ दुवैमा निकै नै कमजोर प्रदर्शन सहित निरिह बनेको नेपाली टिमले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि कठिन हुने देखिएको छ ।