नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

माओवादी आन्दोलनका सिपाही व्यान बहादुर परियार ‘मुक्ती’ को मृत्यु

ओखलढुङ्गान्युज १३ मंसिर, ओखलढुङ्गा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा माओवादी आन्दोलनमा खम्बा बनेर लडेका जेष्ठ सिपाही व्यान बहादुर परियार ‘मुक्ती’ को शोमबार राती मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं. १ कुईभिरका ७१ बर्षका परियारको घरमा नै मृत्यु भएको हो ।

परियार नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का सल्लाहकार सदस्य हुन् । जनयुद्धका बेला परियारका सपरिवार नै आन्दोलनमा होमिएका थिए । परियारको मृत्यु प्रति माओवादी केन्द्र लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि सामाजिक सञ्जाल मार्फत पार्टीको अग्रमोर्चामा रहि सिलसिलेवार तर्कवितर्क गर्न माहिर, कुशल संगठकको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेका छन् ।