नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

संघीय समानुपातिकमा ओखलढुङ्गामा एमाले पहिलो, घण्टीले कटायो २ हजार

ओखलढुङ्गान्युज १० मंसिर, ओखलढुङ्गा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ भर्खरै सकिएको छ । निर्वाचन समापन हुदै गर्दा ओखलढुङ्गामा गरिएको प्रतिनिधी सभा सदस्य तर्फको समानुपातिकमा नेकपा एमालेले पहिलो भोट ल्याएको छ ।

जिल्लामा प्रत्यक्ष निर्वाचन तर्फ प्रतिनिधी सभा तथा प्रदेश सभा दुवै गुमाएको एमालेले समानुपातिक तर्फ भने २५ हजार २ सय ४५ मतका साथ पहिलो पार्टी बनेको हो । एमालेलाई पछ्याएको नेपाली कांग्रेसले २३ हजार ९ सय ९९ मत पाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र भने तेश्रो हुदै ७ हजार १ सय ७२ मत पाएको छ । ओखलढुङ्गामा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४ सय १८ मतका साथ चौथो बनेको छ । यी चार पार्र्टीहरु मध्ये ओखलढुङ्गाबाट समानुपातीक निर्वाचन तर्फ अन्य ६ राजनितिक दलहरुले पनि १ सय मत कटाएका छन् ।

सय मत कटाउने अन्य ६ राजनितिक दलहरुमा जनता समाजवादी पार्टी नेपाल (१४५०), राष्ट्रिय प्रजातन्त्र पार्टी (५६८), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) (४३०), मंगोल नेशनल अर्गनाईजेशन (३७७) नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) (२०८) र नेपाली कांग्रेस (बी.पी.) (१६५) रहेका छन् । अन्य बाँकी कुनै पनि राजनितिक दलहरुले ओखलढुङ्गामा समानुपातिक तर्फ सय मत कटाउन सकेनन् ।

आम निर्वाचन २०७९ मा ओखलढुङ्गामा समानुपातिक तर्फ खसेको मत ६५ हजार ७ सय ५० गणना भएकोमा ६२ हजार ६ सय ५९ मत मात्र सदर भएको छ भने ३ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।